बडादशैँको आज छैठौँ दिन, कात्ययनी भगवतीको विशेष पूजा « Khabarhub

बडादशैँको आज छैठौँ दिन, कात्ययनी भगवतीको विशेष पूजा


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बडादशैँको आज छैठौँ दिन ‘कात्यायनी’ भगवतीको विशेष पूजा गरिदैछ ।

कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । आजको दिन दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।

यज्ञयज्ञादी दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन्।

कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन्। माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ। उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ।

अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ।

कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ । उनलाई विशेष गरी गुलिया परिकार प्रिय रहेकाले विभिन्न प्रकारका मिष्ठान्न अर्पण गर्नुपर्ने मान्यता रहेको छ।

यस दिन सात वर्षकी कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलंकार वा गरगहना चढाइन्छ।

दसैंको पहिलो दिन घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपको पूजा गरिदैँ आएको छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ६ : २० बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।