स्कुटर दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको बेलबारीमा बुधबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

बेलबारी नगरपालिका–४ स्थित भित्री सडक खण्डमा बुधबार राति  पौने १२ बजेतिर को ३२ प ५६३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा राईको मृत्यु भएको छ । गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा आज बिहान १ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार दुर्घटनामा स्कुटरको पछाडि बसेका १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएका छन् ।

अनुपमाको विराटनगरको नोबेल मेडिकल कलेज र सुमित्राको स्थानीय सुकुना सामुदायिक अस्पताल विराटचोकमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ७ : २५ बजे

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध