धरहरा पुनर्निर्माण : सम्झौताको म्याद सकिँदा आधाभन्दा थोरै काम « Khabarhub

धरहरा पुनर्निर्माण : सम्झौताको म्याद सकिँदा आधाभन्दा थोरै काम


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७२ सालको विनाशकारी भूकम्पका कारण भत्किएको धरहरा पुनर्निर्माण सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने भएको छ ।

कोभिड–१९ का कारण करिब एक महिना धरहरा पुनर्निर्माणको काम ठप्प भएपछि र सुरु देखि नै काममा अलमल भएकोले निर्माणको अवधि दोब्बर लम्बिने भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० सम्ममा धरहरा निर्माणको काम पूरा गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो । सम्झौतालगत्तै काम सुरु गरेको थियो ।

सम्झौता बमोजिम समयमै पुनर्निर्माण सम्पन्न गर्न कन्स्ट्रक्सन कम्पनीले दैनिक साढे तीन सयभन्दा बढी श्रमिकहरु खटाए पनि तोकिएको अवधिमा आधा काम सक्न कम्पनीलाई मुस्किल भएको छ ।

धरहरा पुनर्निर्माणको सुरुवातमा कामले गति लिए पनि विभिन्न कारण निर्माणमा ढिलाइ भएको कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठ बताउँछन् । उनका हालसम्म आधाभन्दा कम अर्थात ४५ प्रतिशतमात्र काम सकिएको छ ।

लक्ष्यअनुसार काम नसकिएपछि निर्माण कम्पनीले थप दुई वर्ष म्याद मागेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९ महिना अर्थात् चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी म्याद दिएको जनाएको छ ।

श्रेष्ठका अनुसार टावरको १६औँ तलाको ढलान सकिएको छ । मुख्य संग्रहालयको साइट डेढ महिनाअघि मात्र प्राप्त भएकाले भरखरै काम सुरु भएको छ । धरहराको टावरमा ६ वटा तला थप्न बाँकी छ ।

आधाभन्दा बढी काम बाँकी रहेकाले दुई वर्षको समय थप मागेको श्रेष्ठको भनाइ छ । उनले भने, ‘सबै काम सम्पन्न गर्न लगभग दुई वर्ष लाग्ने देखिएकोले हामीले समय मागेका हौँ तर प्राधिकरणबाट ९ महिनामात्र थप भएको छ । यति समयमा काम सक्न सम्भव छैन ।’

तालमेल नहुँदा ढिलाइ भयो : प्राधिकरण

निर्माण व्यवसायीहरुले राम्रोसँग काम गर्न नसकेको प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरको भनाइ छ । सरकारले समयमै जग्गा खाली गर्न नसक्दा र उपलब्ध जगामा काम थाल्न ढिलो गर्दा निर्माण कार्यमा असर परेको उनले बताए ।

उनले भने, ‘सरकारले हुलाक र टक्सारको भवन समयमै खाली गराउन सकेन, निर्माण कम्पनी जग्गा प्राप्त भएको छैन भनेर अलमिलयो ।’

कोरोना भाइरसको महामारीले पनि निर्माणको काममा असर परेको उनले बताए । ‘जसोतसो काम भइरहेकै थियो, कोभिडले झन असर गर्‍यो,’ मानन्धरले खबरहबसँग भने, ‘लकडाउन र निषेधाज्ञाका कारण निर्माणमा असर पर्‍यो ।’

यस्तो बन्नेछ धराहरा

प्राधिकरणका विज्ञ एवं धराहरा पुनर्निर्माणको काम हेर्ने मानन्धरका अनुसार नयाँ बन्ने धराहरा झट्ट हेर्दा पुरानो धरहरा जस्तै हुनेछ । बाहिरबाट हेर्दा ११ तला नै देखिए पनि नयाँ धरहरा २२ तलाको हुनेछ ।

कुल ४२ रोपनी क्षेत्रफलमा बन्दै गरेको धरहराको संरचना पहिलाको भन्दा चौडा हुनेछ । त्यस्तै उचाइ ८० मिटर र चौडाइ १४ दशमलव २ मिटर रहने छ । निर्माणाधीन धरहरामा एउटा भर्‍याङ र दुई वटा लिफ्ट हुनेछन् ।

नयाँ धरहरामा पार्किङ, बगैँचा, संग्रहालय, प्रदर्शनी हल लगायत हुनेछन् । भूकम्पले भत्काएको पुरानो धरहराको ठुटो पनि संरक्षण गरिने छ ।

२२ तलाको धरहराको कुल लागत ३ अर्ब ४५ करोड रुपैयाँ छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  १० : १७ बजे

इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेल : हारबाट निराश छु, टिमप्रति गर्व छ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको हारबाट

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा

झापा – एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत

‘फेक रेस्क्यू’ प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय

असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छः सभापति लामिछाने

नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा

इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्याण्डसँग भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल