रुपन्देहीमा थप २ कोरोना संक्रमितको मृत्यु « Khabarhub

रुपन्देहीमा थप २ कोरोना संक्रमितको मृत्यु


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीको पाणिनि–७ का ३८ वर्षीय र रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुषको  मृत्यु भएको अस्पतालले जनाएको छ ।

पाणिनिका पुरुष असोज २२ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए । उनको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी तिलोत्तमाका वृद्धको कात्तिक १ गते कोरोना पुष्टि भएको थियो । उनको बुधबार राति नै मृत्यु भएको हो ।

उनीहरु दुवै जनाको अस्पतालमा आइसीयूमा उपचार भइरहेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  १० : ४० बजे

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया