के बिग बोसमा इन्ट्री गर्दैछिन् रिया चक्रवर्ती ? « Khabarhub

के बिग बोसमा इन्ट्री गर्दैछिन् रिया चक्रवर्ती ?


६ कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय अभिनेता सलमान खानको लोकप्रिय कन्ट्रोभर्सियल रियालिटी शो ‘बिग बोस’ को १४ औं सिजन शुरु भएको छ । यसपटक शो ले पहिलोजस्तो चर्चा कमाएको छैन ।

दर्शकले चाहन्छन् कि, यो शोमा सुशान्त सिंह राजपूत केशपछि ड्रग्स मुद्दामा मुछिएकी कलाकार रिया चक्रवर्तीको उपस्थिति होस् ।

खबरका अनुसार शो ले कम टिआरपी पाइरहेका कारण शो मा रियालाई लिने आयोजकको इच्छा छ । यसबारेमा रियाले भने अहिलेसम्म केही बोलेकी छैनिन् ।

शो ले सोचेजस्तो चर्चा नकमाएपछि रियालाई भित्र्याउन चाहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अर्कातिर रियाको आर्थिक अवस्था पनि त्यति राम्रो नभएको चर्चा पनि चलेको छ । यसकारण पनि उनी शो मा आउन सक्ने आँकलन गरिएको छ ।

सुशान्त सिंह राजपूतको आत्महत्याअघि रिया विदेशमा छुट्टी मनाउन जाने गर्थिन् । उनले शपिङमा पनि खर्च गर्ने गर्थिन् ।

तर, रिया ड्रग्स केशमा फसेपछि उनको उनको हात खाली भएको छ । अर्कातिर रिया पनि आफ्नो इमेज सुधार्ने प्रयासमा रहेकाले शो मा आउन सक्ने सम्भावना थपिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ३ : २५ बजे

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि

विपद्का कारण राजमार्ग प्रभावित

काठमाडौँ– बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा