सरकार जनताप्रति संवेदनहीन र कर्तव्यविमुख देखियो : सभापति देउवा « Khabarhub

सरकार जनताप्रति संवेदनहीन र कर्तव्यविमुख देखियो : सभापति देउवा


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई आग्रह गरेका छन् ।

कोरोनाको परीक्षण र संक्रमितको उपचार नागरिकले आफ्नै खर्चमा गर्नुपर्ने सरकारले गरेको निर्णय निन्दनीय र लज्जास्पद भएको जनाउँदै उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।

सभापति देउवाले बिहीबार एक विज्ञप्ति जारी गर्दै यो निर्णयबाट सरकार जनताप्रति संवेदनहीन, गैरजिम्मेवार र कर्तव्य विमुख देखिएको उल्लेख गरेका छन्।

आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक भएकाले सरकारले कुनै शर्त बिना यसको कार्यान्वयन गर्नुपर्नेमा देउवाले जोड दिएका छन्। विज्ञप्तिमा भनिएको छ, “सरकारले जनताको हित विरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरीत निर्णय गरी घोर अलोकतान्त्रिक चरित्रको प्रर्दशन र सर्वोच्च अदालतको पनि अपहेलना गरेको छ।”

देउवाले नेपाल सरकार र प्रधानमन्त्रीलाई कोरोना परीक्षण र संक्रमितको उपचार नागरिक आफ्नै खर्चमा गर्नुपर्ने सरकारले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गरी नेपाली नागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम नि:शर्त, भेदभावविना र निःशुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

अहिलेको विषम परिस्थितिमा जनताको जीवन कष्टकर भएको भन्दै यसतर्फ पनि संवेदनशील भई जनताको हितमा काम गर्न ध्यानाकर्षण गरिएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ५ : ३४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना