देशभर ७७ कोरोना संक्रमित भेन्टिलेटरमा, २९० को आइसियुमा उपचार हुँदै « Khabarhub

देशभर ७७ कोरोना संक्रमित भेन्टिलेटरमा, २९० को आइसियुमा उपचार हुँदै


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३६७ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार ७७ जना भेन्टिलेटरमा र २९० जना संक्रमित आइसियुमा उपचाररत छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७४ जना आइसियु र ५८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५० जना आइसियु र ८ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आइसियु र ८ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० आइसियु उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ३ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आइसियु र १ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु उपचाररत रहेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ५ : १० बजे

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको