बुटवल र नवलपरासीमा दुई कोरोना संक्रमितको मृत्यु  « Khabarhub

बुटवल र नवलपरासीमा दुई कोरोना संक्रमितको मृत्यु 


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- बुटवल र नवलपरासीमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा कञ्चन गाउँपालिका–३ की ४८ वर्षीय महिलाको  मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

कात्तिक ४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलामा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको थियो ।

यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कोरोना सङ्क्रमणबाट नेपाली काङ्ग्रेस रामग्राम नगरपालिका कार्य समितिका सभापतिको मृत्यु भएको छ ।

उनको यही कात्तिक ४ गते नेशनल प्याथ ल्याब बुटवलमा गरिएको परीक्षणको क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमणपछि होम आइसोलेशनमा रहेका उनको आज मृत्यु भएको स्वास्थ्य कार्यालय परासीका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ७ : ३५ बजे

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्

तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन : तीन सवारीसाधन नियन्त्रणमा

दमौली– तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको