आज २०७७ मंसिर ७ गते आइतबारको राशिफल « Khabarhub

आज २०७७ मंसिर ७ गते आइतबारको राशिफल


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ मंसिर ७ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

 

मेष

धेरैतिरबाट नयाँ कामको अफर आउनेछ । मनमा उमंग छाउनेछ । आर्थिक पक्ष सबल रहने छ । पारिवारिक सद्भाव रहनेछ । पिता र दाजुभाइसँगको सम्बन्धन सुधार हुँदै जानेछ । खुशीको खबर सुन्न पाइनेछ । सन्तान सुख मिल्नेछ । विशिष्ठ व्यक्तिसँग भेट हुनाले मन प्रसन्न हुँनेछ ।

बृष

साथीभाई नै विरोधी बन्ने खतरा छ । यात्राअघि साबधानी अपनाउनु होला । मुद्दामामिलामा भने तपाईँकै जित हुने देखिन्छ । खर्च बढ्नेछ । बनिसकेको काम पनि अन्तिम समयमा विग्रने खतरा छ । नयाँ कामलाई गोप्य राखेरै योजना अघि बढाउनु होला । धार्मिक काममा मन जानेछ ।

मिथुन

रमणीय यात्राको योग छ । पूरानो मित्रसँगको भेटले मन प्रसन्न हुनेछ । खानपानले स्वास्थ्य गढबढ हुन सक्छ । खर्च बढे पनि आम्दानी घट्ने छैन । ब्यापार व्यवसाय मध्यम हुनेछ । अध्ययन अध्यापन ठीकै हुनेछ । नगरेको कामको पनि दोष आइलाग्न सक्छ ।

 कर्कट

धनआर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । सही समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्यमा सफलता मिल्ला । शेयरको कारोवारमा सफलता मिल्ला । अधुरा कामले पूर्णता पाउन सक्छ । प्रेम सम्बन्धमा खटपट आउन सक्छ । अनावश्यक दबाब झेल्नु पर्ला ।

सिंह

अनावश्यक झमेलामा फसिएला । सरकारी निकायको भय होला । नजिकका ब्यक्ति नै काम विगार्न लागि पर्लान् । आर्थिक कारोबार गर्दा बिचार पुर्‍याउनुहोला । निर्णय लिनमा दुविधा होला । दिनको उत्तरार्धमा आफू अनुकुलको समय बन्ला । सुभ समाचारले मन हर्षित होला ।

कन्या

धार्मिक क्षेत्रमा मन जानेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । रोकिएको काम बन्नसक्छ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।

तुला

लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । छोटो यात्राको योग छ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ । काम देखाएर अरूलाई प्रभावित पार्न सक्नु हुनेछ ।

बृश्चिक

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । दाम, नाम र प्रतिष्ठा कमाउने बेला छ । विशेष काममा जग बसाउने अवसर जुट्नेछ। प्रतिष्ठित जिम्मेवारी हात पार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आफूभन्दा वरिष्ठ व्यक्तित्वको साथ सहयोग मिल्नेछ । आर्थिक कारोबारमा मन्दी आउन सक्छ ।

धनु

आकस्मिक धन लाभ हुन सक्नेछ । बैदशिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा राम्रै प्रगति हुनेछ । आफन्तसँग पुनर्मिलनको योग छ । आफ्ना योजना गोप्य राखेर गरेको काममा सफलता मिल्ला ।

मकर

सुधारोन्मुख हुँदै गरेको स्वास्थ्य तामसी बिगार्न सक्छ । खानपिनमा ध्यान दिनुहोला । खर्च अनुरूपको आम्दानी नहुँदा मानसिक चिन्ता बढ्न सक्छ । वित्तिय क्षेत्रको सहयोग रहनेछ ।

प्रेम सम्बन्ध ठीकै हुनेछ । छिट्टै अरूको विश्वास गर्दा धोका पाउने सम्भावना छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ ।

कुम्भ

साथीभाईसँग रमाइलो यात्रा हुन सक्छ । परिवारका सदस्यसँगको समय व्यतित हुँदा मन प्रफुल्लित हुनेछ । आम्दानीका नयाँ नयाँ बाटा पहिल्याइनेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । अध्ययन अध्यापन मध्यम रहनेछ । विपरित वर्गप्रतिको आकर्षण बढ्ला ।

मीन

मानसम्मानको योग छ । सामाजिक ख्याति बढ्नेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला । छातीसम्बन्धी समस्या देखिन सक्छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : २९ बजे

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा

सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी– पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं– वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित