विश्वभर १ करोड ६६ लाख सक्रिय संक्रमित, १ लाख २ हजार सिकिस्त « Khabarhub

विश्वभर १ करोड ६६ लाख सक्रिय संक्रमित, १ लाख २ हजार सिकिस्त

संक्रमण बढेपछि अमेरिकाका केही राज्यमा पनि निषेधाज्ञा


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ६६ लाख पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ७६ हजार ५७६ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६६ लाख ३० हजार ३७८ पुगेको छ । यसमध्ये १ लाख २ हजार ३९१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ५ करोड ८४ लाख ७५ हजार ७४९ पुगेको छ । त्यसमध्ये ४ करोड ४ लाख ५९ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८१९ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ८५ हजार ७७५ पुगेको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ८९८ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ३४१ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५४ हजार ६२६ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ४९ हजार २६१ जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ४८ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।

संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।

संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । तर पनि संक्रमण घटेको छैन ।

अमेरिकामा पनि निषेधाज्ञा

संक्रमितको संख्या दैनिकजसो नयाँ रेकर्ड कायम हुँदै गएको अमेरिकामा फेरि प्रतिबन्धहरु सुरू भएका छन् ।

सबैजसो राज्यले मास्कको प्रयोग अनिवार्य गरेका छन् । संक्रमण बढेपछि न्यूयोर्क, टेक्सास, क्यालिफोर्निया लगायतका राज्यले निषेधाज्ञा जारी गरेका छन् ।

क्यालिफोर्नियामा शनिबारदेखि रात्रिकालीन निषेधाज्ञा  जारी गरेको छ ।

संक्रमण नियन्त्रणका लागि त्यहाँ राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाइएको छ।

यो प्रतिबन्ध कम्तीमा २१ डिसेम्बरसम्म जारी रहनेछ । त्यसपछि अवस्था हेरेर लम्ब्याउन सकिने त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। संक्रमण बढे क्रिसमसमा पनि निशेधाज्ञा लागू हुनेछ।

क्यालिफोर्नियाका रेस्टुरेन्टलाई ‘होम डेलिभरी’ मात्र गर्न सक्ने आदेश छ । राज्यका ५८ मध्ये ४१ काउन्टी अति प्रभावित छन् । त्यहाँ ‘स्टे एट होम’ आदेश जारी छ। केही काउन्टीले कडा बन्दाबन्दीको आदेश जारी गर्न सक्ने जनाइएको छ।

यसअघि न्यूयोर्कमा पनि रात्रिकालीन निशेधाज्ञा लगाइएको थियो।

द सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले सबै अमेरिकीलाई २६ नोभेम्बरको ‘थ्याङ्स गिभिङ डे’ को बिदामा लामो यात्रा नगर्न आग्रह गरेको छ।

अहिलेसम्म अमेरिकामा एक करोड २४ लाख ४६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । त्यसमध्ये दुई लाख ६१ हजार ७९० जनाको मृत्यु भइसकेको छ ।

क्यालिफोर्नियामा मात्र ११ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ७ : २७ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर