प्रधानमन्त्रीद्वारा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल « Khabarhub

प्रधानमन्त्रीद्वारा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर सामूहिक छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुसँग छलफल गरेका हुन् ।

छलफलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा. गणेश अधिकारीको उपस्थिति रहेको थियो ।

यद्यपी सुरक्षा निकायका प्रमुखसँग के विषयमा कुराकानी भएको भन्ने विषय सार्वजनिक गरिएको छैन ।

बालुवाटार स्रोतका अनुसार चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफल नियमित प्रक्रिया रहेको जनाए पनि पार्टीभित्र विवाद रहेको बेला भेट्नुलाई अर्थपूर्ण रपमा हेरिएको छ ।

पछिल्ला केही हप्ता यता नेकपाभित्र अध्यक्षद्वयबीच विवाद बढेको छ। पार्टी विधि र पद्धतिमा नचलाएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना हुँदै आएको छ।

अध्यक्ष प्रचण्डले ओलीमाथि ‘आरोप नै आरोप’ लगाउँदै सचिवालयमा प्रतवेदन पेश गरेपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ ।

गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले उक्त राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

गत बुधबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको प्रतिवेदनमा जवाफसहित तथ्यपरक प्रतिवेदन ल्याउने बताएका थिए ।

उनले आफूलाई प्रतिवेदन लेख्न समय लाग्ने बताएपछि सचिवालय बैठक आउँदो १३ गते सम्मका स्थगित गरिएको छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : ५१ बजे

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौं- ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं- बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड,

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’