प्रधानमन्त्रीद्वारा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर सामूहिक छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुसँग छलफल गरेका हुन् ।

छलफलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा. गणेश अधिकारीको उपस्थिति रहेको थियो ।

यद्यपी सुरक्षा निकायका प्रमुखसँग के विषयमा कुराकानी भएको भन्ने विषय सार्वजनिक गरिएको छैन ।

बालुवाटार स्रोतका अनुसार चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफल नियमित प्रक्रिया रहेको जनाए पनि पार्टीभित्र विवाद रहेको बेला भेट्नुलाई अर्थपूर्ण रपमा हेरिएको छ ।

पछिल्ला केही हप्ता यता नेकपाभित्र अध्यक्षद्वयबीच विवाद बढेको छ। पार्टी विधि र पद्धतिमा नचलाएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना हुँदै आएको छ।

अध्यक्ष प्रचण्डले ओलीमाथि ‘आरोप नै आरोप’ लगाउँदै सचिवालयमा प्रतवेदन पेश गरेपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ ।

गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले उक्त राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

गत बुधबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको प्रतिवेदनमा जवाफसहित तथ्यपरक प्रतिवेदन ल्याउने बताएका थिए ।

उनले आफूलाई प्रतिवेदन लेख्न समय लाग्ने बताएपछि सचिवालय बैठक आउँदो १३ गते सम्मका स्थगित गरिएको छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : ५१ बजे

पानी जहाज विधेयक पारित, अब जलमार्गलाई खुल्यो कानुनी बाटो

काठमाडौं- पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित

प्रचण्ड कप भलिबल मंगलबारबाट पोखरामा हुने  

पोखरा– नेसनल स्पोट्र्स एकेडेमीले पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता

अर्थसंक्षेप : भन्सार-पानी जहाज विधेयक पारित, सहरी विकासमा धेरै बजेटबारे वर्षमानको आशंका र २३ अंकले बढ्यो नेप्से

राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा

भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर भएन : सचेतक परियार

काठमाडौं– रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा आफूहरूको

‘प्रतिपक्षीको आग्रहमा संसद् बैठक दुई दिनपछि सारिएको हो’

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीको आग्रहमा संसद्