फुट्नका लागि नेकपा ‘माटोको हाँडी’ होइन : भीम रावल « Khabarhub

फुट्नका लागि नेकपा ‘माटोको हाँडी’ होइन : भीम रावल


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले कुनै पनि हालतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नफुट्ने दाबी गरेका छन् ।

कैलालीमा पत्रकारहरूसँग कुरा गर्दै नेता रावलले अध्यक्षद्वयको अन्तर्विरोधकै कारण पार्टी नफुट्ने दाबी गरेका हुन्। नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका नेता रावलले सरकार भने परिवर्तन हुन सक्ने सङ्केत गरे ।

उहाँले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै जनाकाे पार्टी फुटाउने योजना नरहेको उल्लेख गर्दै पार्टी कुनै माटोको हाँडी नभएकाले कुनै व्यक्तिले लट्ठीले हानेर नफुट्ने ठोकुवा गरे ।

नेता रावलले अध्यक्षद्वयले आफ्ना धारणा र विचार प्रतिवेदनका रूपमा बैठकमा प्रस्तुत गरी निर्णय गर्नु राम्रो कुरा भएको बताए ।

कुनै सैद्धान्तिक र नीतिगत मतभेद नभइ कार्यशैली, विधि र विधानका विषयमा मात्रै बहस चलिरहेकाले त्यसले मात्रै पार्टी फुट्ने सम्भावना नरहेको रावलले भनाइ थियो ।

नेता रावलले यही १३ गते बोलाइएको सचिवालय र स्थायी कमिटी बैठकसँगै केन्द्रीय कमिटीको बैठकमा पार्टीमा देखिएका समस्याहरू माथि घनिभूत छलफल हुने बताए ।

उनले भने, ‘नेकपा ठूलो पार्टी हो, ठूलो ठाउँमा विवाद भइहाल्छ, तर पार्टी नै फुटिहाल्छ भन्ने अवस्था अहिले छैन ।’

नेता रावलले पार्टी फुटाएर कसैलाई फाइदा नहुने बताए । उनले प्रधानमन्त्रीले पार्टी फुटाएर त्योभन्दा ठूलो पद के नै पाउने वा प्रचण्डले योभन्दा ठूलो कुन पार्टीको नेतृत्व गर्न पाउने भन्दै प्रतिप्रश्न समे गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : १५ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।