लागुऔषध प्रकरणमा पक्राउ परेका सिंह दम्पतीलाई १४ दिन थुनामा राख्न अनुमति | Khabarhub Khabarhub

लागुऔषध प्रकरणमा पक्राउ परेका सिंह दम्पतीलाई १४ दिन थुनामा राख्न अनुमति


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लागुऔषध प्रकरणमा पक्राउ परेका चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियाला अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।

भारतीसँगै उनका श्रीमान् हर्ष लिंबाचियालाई लागुऔषध प्रकरणमा शनिबार नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले  पक्राउ गरेको थियो ।

अदालतले दुवैजनालाई आगामी डिसेम्बर ४ सम्मका लागि थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार भारतीको घरमा छापमा मार्दा गाँजा बरामद गरेको थियो । उनीहरुले आफूहरुले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्स्टेन्सन (एनडीपीएस) कोर्टमा मुद्दा चलाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ७ : ३८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’