फेसबुकमार्फत १० लाख ठगी गरेको आरोपमा एक पक्राउ « Khabarhub

फेसबुकमार्फत १० लाख ठगी गरेको आरोपमा एक पक्राउ


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार बाजुरा जिल्ला हिमाली गाउँपालिका–४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्राजिलमा आफ्नो परिवार गम्भीर बिरामी भएकाले आफूलाई निकै ठूलो समस्या परेको भनी महिलालाई फेसबुकमार्फत साथी बनाई पटकपटक गरी रु दश लाख २८ हजार ७०० ठगी गरेको खुल्न आएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

महिलालाई विश्वासमा लिएर तत्काल फिर्ता गर्छु भनी पैसा ठगी गर्ने पाण्डेलाई प्रहरीले बाँकेको नेपालगञ्जबाट पक्राउ गरी ‘आपराधिक विश्वासघात तथा आपराधिक लाभ’ सम्बन्धी कसुरमा स्याङ्जा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको उनको भनाइ छ ।

प्रहरीले पक्राउ परेका युवकलाई अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ९ : २१ बजे

युरो–२०२४ छनोट : इंग्ल्याण्डको लगातार दोस्रो जीत 

काठमाडौँ – इंग्ल्याण्डले युरो २०२४ छनोटमा लगातार दोस्रो जित निकालेको

तरकारी र फलफूलको मूल्य आज कति तोकियो?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

रोनाल्डोको दुई गोलसँगै पोर्चुगल लक्जमबर्गसँग ६–० को जीतमा 

काठमाडौँ – युरो–२०२४ छनोट प्रतियोगितामा पोर्चुगलले लक्जमबर्गलाई ६–० ले हराएको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बोलाइयो

काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलिलाई बोलाएको

सलमानलाई ज्यान मार्ने धम्की दिने युवा पक्राउ

मुम्बई – बलिउड अभिनेता सलमान खानलाई इमेलमार्फत ज्यान मार्ने धम्की