अमेरिकन पेस्तोलसहित विप्लव समूहका सेक्सन कमान्डर पक्राउ « Khabarhub

अमेरिकन पेस्तोलसहित विप्लव समूहका सेक्सन कमान्डर पक्राउ


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सेक्सन कमान्डर पेम्बा साङ्गे शेर्पा पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा ताप्लेजुङ फाक्ताङलुङ गाउँपालिका–२ का ३२ वर्षीय शेर्पालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले आज जनाएको छ ।

शेर्पालाई उर्लाबारी–६ रमाइलो टोलका एकान्त कोइराला भन्ने एकबहादुर विश्वकर्माको घरमा बसेको अवस्थामा पक्राउ गरेको हो । शेर्पाको साथबाट अमेरिकन पेस्तोल, त्यसमा लगाउने म्याग्जिन, तीन थान गोली, तीन थान मोबाइल, आठ थान ब्याग र १८ थान ज्याकेटलगायत सामग्री बरामद गरेको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

शेर्पालाई हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १० : २० बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन