राजनीति मूल्य, मान्यतामा आधारित हुनुपर्छ : अध्यक्ष यादव « Khabarhub

राजनीति मूल्य, मान्यतामा आधारित हुनुपर्छ : अध्यक्ष यादव


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीति मूल्य, मान्यतामा आधारित हुनुपर्ने बताएका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष स्व भीमप्रसाद गौतमको १३औँ दिनको पुण्यतिथिमा आज आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उहाँले जबसम्म राजनीति मूल्य र मान्यतामा आधारित हुँदैन, तबसम्म देश र जनताको हित हुन सक्दैन भने ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले भने, “राजनीति आदर्श र लक्ष्यप्रति केन्द्रित नभएसम्म त्यो राजनीतिले देश र जनताको हित गर्न सक्दैन । त्यो राजनीति नभएर एक खालको पेशा हो ।”

उनले राजनीति पेशा नभई सेवा भएको उल्लेख गर्दै मुलुकलाई सामाजिक आर्थिक रुपान्तरणबाट अगाडि बढाउनुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको औँल्याए ।

अध्यक्ष यादवले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कार्य नेपालको आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि रहेको चर्चा गर्दै यस उपलब्धिलाई संस्थागत गर्नु आजको आवश्यकता रहेको बताए ।

लोकतान्त्रिक मूल्य, मान्यता, विधि र प्रक्रियाबाट शासन प्रणालीलाई अगाडि बढाउनुपर्ने बताउँदै उनले वर्तमान परिस्थितिमा लोकतान्त्रिक शक्ति र संस्था कमजोर हुँदै गएकाले वैचारिक सिद्धान्त र आदर्शका कुरामा पनि ह्रास हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

अध्यक्ष यादवले जनताको मुक्ति र अधिकारका लागि सङ्घर्षरत रहेका स्व गौतमको निधनले देशलाई अपूरणीय क्षति पुगको बताए । “शोषित पीडित जनताका पक्षमा स्व गौतमले गरेको राजनीति र सामाजिक आन्दोलन महत्वपूर्ण छ”, उनले भने, “स्व गौतमले गरेका कार्यलाई सम्झिने, कदर गर्ने गर्नुपर्छ ।”

गौतमले राजनीतिक, सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई सङ्ग्रह गरेर उनका विषयमा पुस्तक प्रकाशित गर्न आवश्यक रहेको उनको भनाए थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १० : ३० बजे

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल