कस्ता व्यक्तिको संगत नगर्ने ? « Khabarhub

कस्ता व्यक्तिको संगत नगर्ने ?


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महान राजनीतिज्ञ मानिने आचार्य चाणक्यले आफ्नो चाणक्य नीतिमा मनुष्यको जीवनमा उपयोगी नीतिको वर्णन गरेका छन् । उनले एक श्लोकको माध्यमबाट व्यक्ति कसरी र कुन स्थितीमा नष्ट हुन्छन् त्यसबारे चर्चा गरेका छन् । साथै उनले त्यस्ता ब्यक्तिको बारेमा पनि चर्चा गरेका छन् जो सर्पभन्दा खतरनाक हुन्छन् । आज हामी चाणक्यका तिनै नीतिबारे चर्चा गर्नेछौ :

दुराचारी च दुर्दृष्टिर्दुरावासी च दुर्जनः ।
यन्मैत्री क्रियते पुम्भिर्नरः शीघ्रं विनश्यति ।।

यस श्लोक मार्फत आचार्य चाणक्य दुष्कर्म प्रति सचेत हुन सुझाउछन् । उनी दुराचारी व्यक्ति, दुष्ट स्वभाव भएका मनुष्य, बिना कुनै कारण अरुको हानी गर्ने र दुष्ट व्यक्तिसंग मित्रता राख्ने श्रेष्ठ पुरुष पनि शीघ्र नष्ट हुने बताउँछन् । चाणक्यका अनुसार संगतको प्रभाव मनुष्यमा पर्ने गर्दछ । अर्थात विद्याद्धारा अलंकृत भएर पनि दुर्जनबाट टाढा रहनु पर्ने उनको नीति छ । चाणक्यका अनुसार मणिले भूषित भएर पनि सर्प खतरनाक हुने गर्दछ ।

दुर्जनेषु च सर्पेषु वरं सर्पो न दुर्जनः ।
सर्पो दंशति कालेन दुर्जनस्तु पदेपदे ।।

आचार्य चाणक्य यहाँ दुष्टतालाई दृष्टिसंग तुलना गर्दै त्यस पक्षलाई प्रेरीत गर्दछन् जहाँ दुष्टताको दुष्प्रभाव न्युन होस् । उनको मान्यता अनुसार दुष्ट र सर्पमा सर्प राम्रो हुन्छ । उनी भन्छन्, सर्पले केवल पटक डस्दछ तर दुष्टले हरेक समय हामी पुर्याउन तयार रहन्छ । यसै कारणले चाणक्य आफ्नो नीति मार्फत दुष्ट व्यक्तिबाट बचेर रहन सुझाउँछन् । चाणक्यका अनुसार दुर्जन व्यक्तिको अनुहारमा प्रसन्नता हुन्छ, वाणी चन्दन जस्तै शितल हुन्छ तर मनमा भने दुर्भावना रहने गर्दछ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : ३५ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको