देशभर हुनसक्ने प्रदर्शनलाई मध्यनजर गर्दै उच्च सुरक्षा सतर्कता « Khabarhub

देशभर हुनसक्ने प्रदर्शनलाई मध्यनजर गर्दै उच्च सुरक्षा सतर्कता

प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न निर्देशन


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले देशभर सुरक्षा सतर्कता बढाएको छ । प्रतिनिधिसभा विघटनपछि त्यसको समर्थन र विरोधमा हुने शक्ति प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले सबै जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ ।

गृहमन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्ला सुरक्षा प्रमुखहरूलाई मन्त्रालयको अनुमतिबेगर जिल्ला नछाड्न निर्देशन पनि दिएको छ ।

प्रजिअ र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखलाई जिल्ला छाडेर कतै नजान परिपत्र गरिएको छ ।

सरकारले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि त्यसको पक्ष र विपक्ष देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

प्रदर्शन र देशको सुरक्षा अवस्थाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल पनि गरेका थिए । प्रधानमन्त्री ओलीले बदलिँदो राजनीतिक परिस्थितिअनुसार शान्तिसुरक्षा सुदृढ बनाउँदै चुनावी सुरक्षामा केन्द्रित हुन प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई निर्देशन दिएका थिए।

त्यसपछि गृहले देशभरको सुरक्षा अवस्थाबारे जानकारी लिँदै जिल्लास्थित सुरक्षा निकायका प्रमुख र प्रजिअहरूलाई माथिको आदेशबिना जिल्ला छाडेर नहिँड्न निर्देशन दिएको हो ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ९ : ५७ बजे

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र