यसकारण फेरियो रणवीर कपूरको फिल्म ‘डेविल’ को नाम « Khabarhub

यसकारण फेरियो रणवीर कपूरको फिल्म ‘डेविल’ को नाम


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता रणवीर कपूर पछिल्लो समय सञ्जय दत्तको जीवनीमा बनेको फिल्म ‘सञ्जु’ मा देखिएका थिए । उक्त फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका थिए ।

दुई वर्षदेखि रणवीर ठूलो पर्दामा देखिएका छैनन् । दर्शकले उनको फिल्मको प्रतीक्षा गरिरहेका छन् ।

लामो समयदेखि रणवीर अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ को शूटिङमा व्यस्त छन् । फिल्ममा आलिया भट्ट र अमिताभ बच्चन पनि छन् ।

यसका साथै रणवीर अर्को एक फिल्मका कारण पनि चर्चामा छन् । उक्त फिल्मलाई सन्दीप रेड्डीले निर्देशन गर्नेछन् ।

सो फिल्मको नाम पहिले ‘डेविल’ राखिएको थियो । तर, अब यो शीर्षकलाई बदलेर ‘एनिमल’ राखिएको छ । किनकि, उक्त नाममा साजिद नाडियाडवालाले एक फिल्म पहिले नै दर्ता गराएका थिए ।

रणवीर स्टारर फिल्म युनिटले साजिदसँग शीर्षकका लागि छलफल गरेको थियो । तर, साजिदले यो शीर्षक उपलब्ध गराउन अस्वीकार गरे ।

किनकि, फिल्म ‘किक’ मा सलमान खान डेविलका रुपमा देखिएका छन् । साजिदले सलमानलाई यसको सिक्वेलका रुपमा प्रयोग गर्ने सोच बनाएका छन् ।

खबरका अनुसार, रणवीर कपूरको यो फिल्म एक प्रतिबन्धित ग्याङस्टर ड्रामामाथि हुनेछ । फिल्मलाई भुषण कुमार र मुराद खेतानीले निर्माण गर्नेछन् । यसअघि सन्दीप रेड्डीले निर्देशन गरेको फिल्म ‘कबीर सिंह’ ले बक्स अफिसमा धमाका मच्चाएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ११ : २५ बजे

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक

इनिशालाई न्याय माग्दै सडकमा उत्रिए विद्यार्थी

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा

अफगानिस्तानको आरोप : पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

एजेन्सी– अफगानिस्तानको तालिवान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै

जेन-जी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई