आमिर खानले दक्षिण भारतीय हिट फिल्म ‘विक्रम भेधा’ को रिमेक नबनाउने « Khabarhub

आमिर खानले दक्षिण भारतीय हिट फिल्म ‘विक्रम भेधा’ को रिमेक नबनाउने


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका मिस्टर परफेक्शनिस्ट मानिने आमिर खानले फिल्म बनाउन कुनै हतार गर्दैनन् । उनका फिल्मले बलिउडमा सधै चर्चा कमाउने गर्छन् ।

पछिल्लो समय उनी फिल्म ‘लाल सिंह चड्ढा’ का कारण चर्चामा छन् । जुन फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक हो ।

योसँगै आमिर दक्षिण भारतीय फिल्म उद्योगको हिट फिल्म ‘विक्रम वेधा’ को रिमेक बनाउने योजनाका कारण पनि चर्चामा थिए । तर, पछिल्लो खबरअनुसार यो फिल्म अब भने आमिरले नबनाउने भएका छन् ।

दक्षिण भारतीय फिल्म बनेको लामो समय भएको र अर्कातिर यसको रिमेक बनाउन कोरोना भाइरसले झनै ढिला भएकाले आमिर यो प्रोजेक्टबाट बाहिरिएको बताइएको छ । साथै आमिरले यो फिल्मको स्क्रिप्ट पनि पढे । उनलाई स्क्रिप्ट पनि शानदार लागेन ।

यद्यपि फिल्मका बारेमा कुनै आधिकारिक जानकारी भने दिइएको छैन । आमिरलाई यो फिल्ममा एक्सन गर्दै गरेको देखिने चर्चा थियो ।

फिल्ममा सैफ अली खानले पनि अभिनय गर्ने चर्चा थियो । यो फिल्म नबन्ने खबरले फ्यानलाई भने दुःखी तुल्याएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १२ : २० बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान