नेकपा विवाद : बालुवाटारमा ओली पक्षको केन्द्रीय कमिटी बैठक जारी | Khabarhub Khabarhub

नेकपा विवाद : बालुवाटारमा ओली पक्षको केन्द्रीय कमिटी बैठक जारी


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले डाकेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू भएको छ ।

दाहाल-नेपाल समूहले अपराह्न १ बजे केन्द्रीय कमिटी बैठक डाकेका बेला ओलीले त्यसअघि नै ओलीले बैठक बोलाएका छन् ।

बैठकमा प्रचण्डनिकट मानिएका नेताद्वय टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन् । पार्टी उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल भने बैठकमा देखिएका छैनन् ।

तस्वीर : विष्णु रिमालको ट्वीटबाट

नेकपाका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई स्थायी कमिटी बैठकबाट साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्न गरिएको प्रस्तावलाई मंगलबारको केन्द्रीय कमिटीबाट अनुमोदन गर्न दाहाल-नेपाल समूह लागेपछि ओलीले त्यसअघि नै अर्का अध्यक्ष दाहाललाई अनुशासनको कारबाही गरेको अनुमोदन गराउँदैछन् ।

अर्को समूहले कारबाहीको निर्णय गर्नअघि ओलीले पार्टी विभाजनको औपचारिक निर्णय वा आफू संस्थापन रहेको कानूनी उपचारको बाटोसमेत खोज्न सक्ने पनि निकट स्रोतले जनाएको छ ।

पार्टीको एक नम्बर अध्यक्ष भएकाले निर्णयमा आफ्नो हस्ताक्षरले नै मान्यता पाउने बताएका ओलीलाई महासचिव विष्णु पौडेलको पनि साथ रहेकाले आफ्नो पक्षको निर्णयले वैधता पाउने विश्वास छ ।

तर, बहुमत पक्षले ओलीलाई कारबाही गरेको जानकारी निर्वाचन आयोगमा पनि गराइसकेको छ । सोमबार दाहाल-नेपाल पक्षबाट लीलामणि पोखरेलले निर्वाचन आयोगलाई ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको व्यहोराको पत्र दर्ता गरिसकेका छन् ।स्थायी कमिटीको सोही निर्णयलाई अनुमोदन गर्न आजै अपराह्न १ बजे दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

दुवै पक्ष विभाजनको औपचारिक घोषणाअघि पार्टीको संस्थापन आफू भएको दाबीसहित निर्वाचन आयोगमा पुग्नेछन् ।

दुई समूहबीच अब पार्टीको केन्द्रीय कार्यालय, छाप, चुनाव चिह्न र पार्टीको नामको लडाइँ सुरू हुने देखिएको छ । यो विषय निर्वाचन आयोगबाट नटुंगिए अदालतसम्म पुग्न दुवै पक्षले तयारी थालेको निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ११ : ११ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।