प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन प्रवासी नेपालीको माग | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन प्रवासी नेपालीको माग


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रवासी नेपालीले जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई तत्काल सच्याउन माग गरेका छन्।

प्रवासी नेपालीका तर्फबाट आज संसारका ३२ देशमा रहेका पार्टी निकट एकता मञ्चका तर्फबाट जारी गरिएको संयुक्त विज्ञप्तिमा प्रतिनिधिसभा विघटनको कदम जनताको चाहना विपरीत रहेको जनाइएको छ ।

देश कोरोनाको कहरबाट गुज्रिरहेका बेला जनताको पीडामा मल्हम लगाउनुपर्ने बेलामा सरकारको पछिल्लो निर्णय गलत रहेको उनीहरुको भनाइ छ ।

प्रवासी नेपाली एकता मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतम, पोर्चुगलका सचिव डोलराज भण्डारी, साइप्रसका अध्यक्ष रमिला राई र सचिव केशव ठकुरी, बहराइनका सचिव नारायण विक, युएईका अध्यक्ष बाबुराम विकलगायतले विज्ञप्ति जारी गरेका हुन् ।

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : ४६ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन