प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन प्रवासी नेपालीको माग « Khabarhub

प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन प्रवासी नेपालीको माग


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रवासी नेपालीले जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई तत्काल सच्याउन माग गरेका छन्।

प्रवासी नेपालीका तर्फबाट आज संसारका ३२ देशमा रहेका पार्टी निकट एकता मञ्चका तर्फबाट जारी गरिएको संयुक्त विज्ञप्तिमा प्रतिनिधिसभा विघटनको कदम जनताको चाहना विपरीत रहेको जनाइएको छ ।

देश कोरोनाको कहरबाट गुज्रिरहेका बेला जनताको पीडामा मल्हम लगाउनुपर्ने बेलामा सरकारको पछिल्लो निर्णय गलत रहेको उनीहरुको भनाइ छ ।

प्रवासी नेपाली एकता मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतम, पोर्चुगलका सचिव डोलराज भण्डारी, साइप्रसका अध्यक्ष रमिला राई र सचिव केशव ठकुरी, बहराइनका सचिव नारायण विक, युएईका अध्यक्ष बाबुराम विकलगायतले विज्ञप्ति जारी गरेका हुन् ।

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : ४६ बजे

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छ : अभिनेता खड्का

काठमाडौं– नेपाली चलचित्र क्षेत्रका स्थापित र लोकप्रिय अभिनेता प्रदीप खड्का

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका