दक्षिण कोरियाका रेष्टुरेण्टमा पाँच जनाभन्दा बढी भेला हुन रोक | Khabarhub Khabarhub

दक्षिण कोरियाका रेष्टुरेण्टमा पाँच जनाभन्दा बढी भेला हुन रोक


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजे‍न्सी– दक्षिण कोरियाले रेष्टुरेण्टमा पाँच वा सोभन्दा बढी व्यक्तिलाई रेष्टुरेण्टमा भेला हुन रोक लगाउने निर्णय गरेको छ ।

दक्षिण कोरियाको केन्द्रीय विपत् व्यवस्थापन तथा सुरक्षा उपाय मुख्यालयका अनुसार आगामी बिहीबारदेखि जनवरी ३ सम्म यो नियम लागु हुनेछ ।

क्रिसमस र नयाँ वर्षका लागि नागरिकहरू भोजभतेरमा सहभागी हुने बढी सम्भावना रहेको र यसले महामारी थप फैलिन सक्ने कारण दुई हप्ता भोजभतेर र रमाइलोमा नजान आग्रह गरिएको सरकारी अधिकारीले बताएका छन् ।

राजधानी सियोल, ग्योङ्जी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्यिोनमा घरभित्र वा बाहिर परिवारका सदस्यबाहेक चार जनाभन्दा माथि भेला हुन नपाइने व्यवस्थालाई बुधबारदेखि लागु गर्ने सूचना यसअघि नै भइसकेको छ ।

केन्द्र सरकारले वर्षान्तका समय हुने सामान्यभन्दा सामान्य भेलालाई पनि रद्द गर्न र कोभिड–१९ सङ्क्रमण फैलिन नदिन देशव्यापीरूपमा आग्रह गरेको छ । यसअघि नै निश्चित गरिएका कार्यक्रमहरूलाई पनि सरकारको निर्देशन बमोजिम सम्पन्न गर्न अधिकारीहरूले सुझाब दिएका छन् ।

उक्त अवधिमा सिनेमा हल वा कन्सर्टमा पनि साँझ नौ बजेपछि सेवा सञ्चालनलाई रोक्न भनिएको छ । स्कीलगायतका खेलकूद गतिविधिहरूलाई पनि आगामी १० दिन पूर्णतया रोक लगाइएको छ ।

उक्त समय पर्यटन, पार्क सवारी बन्द गरिनेछ भने होटेल, गेष्ट हाउस र अन्य आवासीय व्यवस्थापनलाई एक तिहाई क्षमतामा मात्र सञ्चालन गर्न भनिएको छ भने डिपार्टमेन्ट स्टोर्समा जाँदा फर्किदा पाहुनाको तापक्रम लिन अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १० : ०४ बजे

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज 

काठमाडौं- नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव काठमाडौंमा हुने

काठमाडौं– नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु

मुगुका यार्सा पाटन जेठ १५ बाट खुला गरिने

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन