केन्द्रीय कमिटी विस्तारसँगै नेकपाको प्रदेशगत प्रशिक्षण शुरु « Khabarhub

केन्द्रीय कमिटी विस्तारसँगै नेकपाको प्रदेशगत प्रशिक्षण शुरु


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केन्द्रीय कमिटी विस्तारसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे प्रदेशगत प्रशिक्षण शुरु गरेको छ ।

पार्टीले आजदेखि काठमाडौँमा वाग्मती प्रदेश कमिटीको दुईदिने प्रशिक्षणमूलक भेला शुरु गरेको छ । सो भेलामा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुख्य वक्ताका रुपमा सम्बोधन गरेका थिए ।

अन्य प्रदेशमा पनि दुई दिनभित्र प्रशिक्षण सकाउन केन्द्रीय वक्ता र समन्वयकर्ता तोकिएको पार्टीका केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शङ्कर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र रायमाझी, प्रदेश नं २ मा पोखरेल र सत्यनारायण मण्डललगायत तथा प्रदेश नं १ मा तोकिन बाँकी रहेको जनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा सम्पन्न सो पार्टीको केन्द्रीय कमिटी बैठकले ५५६ सदस्य थप गरेको थियो ।

पार्टीले आजै थपिएको नयाँ सूची निर्वाचन आयोगसमक्ष बुझाएको छ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ९ : ४५ बजे

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु- शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान