मनाङ्गेलाई पक्राउ गर्न अदालतबाट अनुमति लिँदै प्रहरी « Khabarhub

मनाङ्गेलाई पक्राउ गर्न अदालतबाट अनुमति लिँदै प्रहरी


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) पक्राउ पर्ने भएका छन् ।

प्रहरीले मनाङ्गेलाई पक्राउ गर्न आज जिल्ला अदालतबाट अनुमति लिने र पक्राउ गर्ने तयारी गरेको छ ।

मनाङ्गे विरुद्ध एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि आक्रमण गरेको भन्दै उजुरी दिएका थिए । सोही उजुरीमाथि छानबिनका लागि मनाङ्गेलाई पक्राउ गरिने र त्यसका लागि अदालतसँग आज अनुमति लिइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।

पोखरामा जारी मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममै मनाङ्गेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेका थिए ।

गुरुङले बुधबार बिहान पत्रकार सम्मेलन गर्दै आफूमाथि अन्याय भएको भन्दै न्यायका लागि प्रहरीकहाँ उजुरी दिने जानकारी गराएका थिए ।

उनले बुधबार नै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराएपछि मनाङ्गेले पनि बेलुका पत्रकार सम्मेलन गर्दै आफूमाथि ठगी गरेका कारण झापड हानेको बताएका थिए ।

उनले आफ्ना १८ जना खेलाडीलाई गुरुङले अलपत्र पारेको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १० : ५१ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता