कोरिया भाषा सीप परीक्षणको नतिजा सच्याइयो, पास हुनेको संख्या बढ्यो « Khabarhub

कोरिया भाषा सीप परीक्षणको नतिजा सच्याइयो, पास हुनेको संख्या बढ्यो


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२० का लागि लिइएको सीप परीक्षामा त्रुटी भएको भन्दै कोरियाली मानव संशोधन विकास सेवा विभाग एचआरडीले नतिजा सच्याएको छ ।

एचआरडीले १४ मंसिरमा लिएको सीप परीक्षाको नतिजामा प्राविधिक समस्या भएको भन्दै पुनः परीक्षण गरी नतिजा सार्वजनिक गरेको छ ।

सन् २०२० का लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन भरेका थिए । त्यसमध्ये ८४ हजार ३ सय ८ जना परीक्षामा सहभागी भएका थिए । उक्त भाषा परीक्षामा १२ हजार १० जनाले उत्तीर्ण भएका थिए । तर कोरियाले कुल १० हजार ५० जना नेपाली श्रमिक लैजाने कोटा निर्धारण गरेको थियो ।

भाषा परीक्षामा कोटाभन्दा बढी विद्यार्थी पास भए पनि सीप परीक्षणमा भने सबै पास हुन नसकेको इपीएस कार्यालयले जनाएको छ । एचआरडीले सार्वजनिक गरेको सीप परीक्षाबाट ६ हजार ७ सय ७३ जना मात्र उत्तीर्ण भएका थिए ।

जसमध्ये कृषि पशुपालन र निर्माण दुवैमा ४ हजार २ सय विद्यार्थी सीप परीक्षणमा अनुत्तीर्ण भएका थिए ।

एचआरडीले सार्वजनिक गरिएको नतिजा पारदर्शी नभएको र भाषा परीक्षामा पास भएका विद्यार्थीले पुनः सीप परीक्षामा सामेल हुन पाउनुपर्छ भन्दै वैदेशिक रोजगार विभाग र इपिएस कार्यलयमा माग राखेका थिए ।

एचआरडीले सार्वजनिक गरिएको नतिजा पारदर्शी नभएको र भाषा परीक्षामा पास भएका विद्यार्थीले पुनः सीप परीक्षामा सामेल हुन पाउनुपर्छ भन्दै वैदेशिक रोजगार विभाग र इपिएस कार्यलयमा माग राखेका थिए ।

माग गरेसँगै विभागका महानिर्देशक भीष्मकुमार भुषाल, इपिएस सेन्टरका निर्देशक पार्क सुङ हि, इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनाल र इपिएस सेन्टरका व्यवस्थापक मुनाल राईको संयुक्त बैठक बसी विद्यार्थीको माग बमोजिम एचआरडीमा पत्र पठाइएको थियो ।

त्यस मागप्रति सम्बोधन गर्दै एचआरडीले गत २९ पुसमा विभागलाई दिइएको स्पष्टीकरणमा १४ मंसिरमा लिइएको सीप परीक्षाको नतिजा मात्र प्राविधिक समस्या भएको जनाएको छ । त्यस्तै, अन्य सबै नतिजा ठिक भएको भन्दै पुनः परीक्षण गरेर नयाँ नतिजा सार्वजनिक गरेको छ । पुनः परीक्षणबाट एक सय ३५ जना थप पास भएको इपिएस कार्यालयका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

पछिल्लो नतिजा सार्वजनिक गरेसँगै २०१९ मा ६ हजार ९ सय ८ जना पास भएका छन् । जसमा ५ हजार ८ सय ५७ पुरुष र एक हजार ५१ महिला पास भएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ११ : १३ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट