अस्ट्रेलियामा आगो निभाउन गएको विमान दुर्घटना, डढेलो फैलिए पछि विमानस्थल बन्द « Khabarhub

अस्ट्रेलियामा आगो निभाउन गएको विमान दुर्घटना, डढेलो फैलिए पछि विमानस्थल बन्द


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– अस्ट्रेलियामा डढेलो नियन्त्रणका लागि उडेको एउटा विमानस्थ दुर्घटनामा परेको छ ।

राजधानी क्यानबेराबाट करिब २ किलोमिटर टाढा रहेको स्नोइ माउन्टेनमा लागेको आगो निभाउन उडेको विमान दुर्घटनामा परेको जनाइएको छ ।

अधिकारीहरुले आगो निभाउन उडेको विमान (एयर वाटर ट्याङ्कर) दुर्घटना परेको पुष्टि गरेका छन् ।

दुर्घटनामा परेको विमानको खोजीका लागि केही हेलिकोप्टरहरु परिचालन गरिएको जनाइएको छ ।

बुधबारदेखि तापक्रम बढेसँगै अस्ट्रेलियाका दक्षिण र पूर्वी क्षेत्रमा फेरि डढेलो फैलिएको छ ।

राजधानी क्यानबेरासँगै न्यू साउथ वेल्स राज्यमा पुनः डढेलो फैलिने क्रम बढेको अधिकारीहरुले जानकारी दिएका छन् ।

राजधानी नजिकै ढडेलो फैलिन थालेपछि अस्ट्रेलियाको क्यानबेरा अन्तर्राष्ट्रिय विमानस्थल नै बन्द गरिएको छ । आगो फैलिएर विमानस्थल नजिकै आएपछि सबै उडानहरु रद्ध गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

गएको सेप्टेम्बर महिनाबाट शुरु भएको डढेलोका कारण अस्ट्रेलियामा अहिलेसम्म ३० जनाले ज्यान गुमाइसकेका छन् ।

१ करोड हेक्टरभन्दा बढी क्षेत्रलाई डढेलोले विनाश गरकेो छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ११ : ३९ बजे

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९