भ्रमण वर्षको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव | Khabarhub Khabarhub

भ्रमण वर्षको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ सरकारले पाँच लाख पर्यटक भित्र्याउन लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव गरिने भएको छ ।

सुनसरीको कोशी गाउँपालिकाले कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय नजिक प्रदेश सरकार र केन्द्र सरकारले नेपाल भ्रमण वर्षमा लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो ।

भ्रमण वर्ष २०२० मा लिएको पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले जानकारी दिए ।

गाउँपालिकाले आयोजना गर्ने पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले नौ दिने बृहत् कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष अन्सारीले बताए ।

आगामी माघ १९ देखि २७ गतेसम्म कोशी टप्पु वन्यजन्तु आरक्ष प्रवेशद्वारका रुपमा रहेको पश्चिम कुशाहामा आन्तरिकसँगै छिमेकी भारतका पर्यटकलाई समेत आकर्षित गर्ने योजनासहित महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

प्रदेश १ कै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको सप्तकोशी नदी, कोशी टप्पु वन्यजन्तु आरक्ष र ठूलाठूला सिमसारमा पाइने विभिन्न प्रजातिका पक्षी, जलचर, अर्नासहितका वन्यजन्तु, कोशीको जलयात्राजस्ता धेरै सम्भावनाले यो क्षेत्रका जनताको जीवनस्तर उकास्न सकिने भएकाले त्यसका लागि आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न महोत्सवले थप मद्दत पुर्‍याउने गाउँपालिकाका अध्यक्ष अन्सारीले बताए ।

महोत्सवसँगै यसक्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेर यो क्षेत्रका जनताको स्थानीय उत्पादनको बजार प्रवद्र्धन, होटलसहितका क्षेत्रमा लगानीको सम्भावनालाई व्यवहारमा उतार्ने लक्ष्य रहेको उनले बताए ।

स्थानीयस्तरमा स्थानीय साधन स्रोतबाट उत्पादन हुने उत्पादन, स्थानीय संस्कृति प्रवद्र्धन, स्थानीय खानाका कक्ष, स्थानीय पर्यटकीय क्षेत्रको प्रवद्र्धनमूलक सन्देश, सप्तकोशी नदीमा बोटिङ, हात्ती सफारी, आरक्ष अवलोकन र साङ्गीतिक कार्यको प्रर्दशनी गरिने छ ।

कोशी पर्यटन महोत्सवमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १२ : ५४ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’