चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ । बर्सातसँगै असार १७ गतेदेखि बन्द गरिएको निकुञ्ज भित्रको जिप सफारी यही असोज २३ गतेदेखि सुरु गरिएको हो ।

बर्सातले बिग्रिएका निकुञ्ज भित्रका सडकहरु मर्मत गरेर जिप सफारी सुरु गरिएको हो । वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटोहरु मर्मत, ढलेका रूख पन्छाउने, झाडी फाँड्ने लगायतका कामहरु सकिएसँगै जिप सफारी सुरु गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । यही असोजको दोस्रो साता आएको बाढीले जङ्गल सफारी गर्ने रुटहरू भत्काएका कारण जङ्गल सफारी खुला गर्न समय लागेको उनले बताए ।

निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जिप तथा हात्ती सफारी सबै समयमा यथावत् अवस्थामा हुने गर्दछ । निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ वटा, कसराबाट २२ वटा यस्तै मेघौलीबाट ११ वटा, अमलटारीबाट आठवटा र माडीबाट एउटा जिपहरू निकुञ्जभित्र चल्ने गर्दछन् ।

ती जिपमा चढेर पर्यटकले निकुञ्ज घुम्ने गर्दछन् । यहाँ मुख्य रुपमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ९ : १७ बजे

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा