नेपालमा भ्रष्टाचार घट्यो : ट्रान्सपरेन्सी इन्टरनेसनल « Khabarhub

नेपालमा भ्रष्टाचार घट्यो : ट्रान्सपरेन्सी इन्टरनेसनल


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले भ्रष्टाचार गर्ने देशको सूचीमा आफ्नो स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बिहीवार(शुक्रवार) सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले तीन स्थानमाथि गई सुधार गरेको देखिएको हो ।

नेपाल विश्वका १८० देश रहेको सूचीमा कूल १०० अङ्कमध्ये ३४ अङ्क प्राप्त गरेको ११३औँ स्थानमा परेको हो । सन् २०१८ मा नेपालको सूचीमा ३१ अङ्कसहित १२४औँ स्थानमा थियो ।

विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भिडिइएमसमेत गरी छ संस्थाका सर्वेक्षणका आधारमा नेपालले सुधार गरेको देखिएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष डेलिया फरेरा रुवियोका अनुसार सरकारी तहमा हुने भ्रष्टचारबाट आजित जनतामा राज्यका निकायप्रतिको गिर्दो विश्वास घटाउन राजनीतिक सदाचारतर्फउन्मुख हुनुपर्ने देखिएको छ ।

दलको चुनावी खर्चमा चन्दा र सहयोगबाट सिर्जना हुने भ्रष्टाचार तथा राजनीतिक व्यवस्थामा पर्ने पैसाको प्रभाव अन्तः गर्नुपर्ने देखिएको सो अवधारणामा उल्लेख छ ।

सन् २०१९ मा विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क रहेको छ भने सो राष्ट्रले ८७ अङ्क प्राप्त गरेको छ । विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने देश सोमालिया रहेको छ भने सो राष्ट्रले नौ अङ्क प्राप्त गरेको छ ।

दक्षिण एशियामा सबैभन्दा कम भ्रष्टाचार गर्ने देशमा भूटान परेको छ । भूटानले ६८ अङ्क प्राप्त गरी २५औँ स्थानमा छ । भारत र चीन समान ४१ अङ्क प्राप्त गरी ८०औँ स्थानमा परेका छन् ।

यस्तै श्रीलङ्का ३८ अङ्क प्राप्त गरी ९३औँ स्थानमा, माल्दिभ्स २९ अङ्क प्राप्त गरी १३० औँ स्थानमा र अफगानिस्तान १६ अङ्क प्राप्त गरी १७३औँ स्थानमा छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका महासचिव मुकुन्द प्रधानका अनुसार सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टचार विरोधी निकायको कारवाही, न्यायपालिकाका काम कारवाही, कर असुली सम्बन्धित विषय, सुरक्षा निकाय खासगरी नेपाली सेनामा सदाचारको पहललगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणले नेपालको भ्रष्टाचार गर्नेमा केही सुधार आएको सर्वेक्षणले देखाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  २ : ०३ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता