गोष्ठीमा सहभागी हुन भनेर अमेरिका पुगेकी उपमेयर उतै ‘बेपत्ता’ | Khabarhub Khabarhub

गोष्ठीमा सहभागी हुन भनेर अमेरिका पुगेकी उपमेयर उतै ‘बेपत्ता’


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोष्ठीमा सहभागी हुन भनेर गत कात्तिकमा अमेरिका पुगेकी कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर उतै ‘लुकेकी’ छन् ।

तिलागुफा नगरपालिकाकी उप्रप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) अमेरिकामै लुकेकी हुन् ।

नेपाल नगरपालिका संघमार्फत एउटा गोष्ठीमा सहभागी हुन भनेर उपमेयर दर्शना गत कात्तिकमा अमेरिका पुगेकी थिइन् ।

अमेरिका पुगेकी दर्शना केही समयसम्म सामाजिक सञ्जाल मार्फत नगरपालिकाका प्रमुख (मेयर) रत्नबहादुर बाहीसँग सम्पर्कमा थिइन् । तर, पछिल्लो १ महिनाभन्दा बढी समयदेखि उनी सम्पर्कविहीन भएकी मेयर शाहीले जानकारी दिए ।

‘शुरुमा म्यासेन्टरमार्फत उहाँ (दर्शना)सँग कुरा भइरहन्थ्यो,’ मेयर शाहीले भने, ‘तर, मंसिरको दोस्रो साता यतादेखि भने कुरा भएको छैन ।’

नगरपालिकाका कर्मचारीहरुले भने मेयर दर्शना अमेरिकामै लुकेको चर्चा गर्न थालेका छन् । तर, मेयर शाही भने दर्शना उतै लुकेको हो या कुनै समस्यामा परेको हो भन्ने विषयमा अहिले नै केही भन्न नसकिने बताउँछन् ।

‘उहाँसँग मंसिर दोस्रो सातातिर कुरा हुँदा बिरामी छु भन्नुभएको थियो । उपचार सकिएपछि नेपाल फर्किन्छु भन्नुहुन्थ्यो,’ शाहीले सुनाए, ‘तर, १ महिनाभन्दा बढी भइसक्यो, उहाँसँग सम्पर्क भएको छैन । के कारणले उहाँ सम्पर्कमा आउन सक्नुभएन भन्ने कुरा पनि केही थाहा हुन सकेको छैन ।’

उपमेयर दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्य समेत हुन् ।

उनी तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेदवारका रुपमा तिलागुफा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन् । तत्कालीन माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य रहेकी दर्शनालाई पार्टीले उपमेयरको उम्मेदवार बनाएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  २ : ४१ बजे

कांग्रेस महाधिवेशनका लागि दुई फरक प्रस्ताव, गगनलाई महेन्द्रको चुनौती 

काठमाडौं– नेपाली कांग्रेसको नियमित महाधिवेशनका लागि दुई फरक प्रस्ताव पेस

राष्ट्रपतिसँग महासचिव गुटेरेसको भेट

काठमाडौं–  ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने

पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

सिराहा– सिरहा नगरपालिका-१८ लक्ष्मीनिया बस्ने धनेश्वर मण्डलको छोरा दुई वर्षीय ऋषि कुमार

बागलुङ-घोडाबाँधे सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे खण्ड ट्रयाक खुलेको

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौं– कास्कीको पोखरा महानगरपालिका-३२ तल्लो गगनगौंडास्थित सडकमा बा.प्र.०३-००१ ज १११४ नम्बरको ईभि