अदालतमा मुद्दाको सुनुवाई चलिरहँदा भारततर्फ ‘भागे’ सिद्धबाबा « Khabarhub

अदालतमा मुद्दाको सुनुवाई चलिरहँदा भारततर्फ ‘भागे’ सिद्धबाबा


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– महिला अनुयायीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्ण दास गिरी भारततर्फ ‘भागेका’ छन् ।

सुरक्षाका लागि सरकारले खटाएका प्रहरीलाई फिर्ता पठाएर गिरी जोगबनी नाका हुँदै भारततर्फ भागेका हुन् ।

विराटनगर उच्च अदालतमा आफूविरुद्धको बलात्कार मुद्दामा सुनुवाई चलिरहकै बेला गिरी भने अदालतमा समेत उपस्थित नभइ भारततर्फ भागेका हुन् ।

बलात्कार आरोपमा पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

जिल्ला अदालत सुनसरीको आदेशविरुद्ध उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा ‘पुनरावलोकन’ मुद्दा दायर गरेको थियो ।

गत पुस २३ गते दर्ता भएको मुद्दामा उच्च अदालत विराटनगरले बिहीबार तेस्रो पटक पेशी तोकेको थियो । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलाशमा सुनुवाई भइरहेको छ ।

बिहीबार बिहान सुनसरीको चतरास्थित आश्रमबाट उच्च अदालत जान भनेर हिँडेका सिद्धबाबा अदालत नै नपुगी जोगबनी नाकातर्फ लागेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ४ : ४३ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच