कोरोना भाइरसको जिवाणु सर्पबाट मानिसमा सरेको पुष्टि | Khabarhub Khabarhub

कोरोना भाइरसको जिवाणु सर्पबाट मानिसमा सरेको पुष्टि


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा फैलिएको कोरोना भाइरसको जिवाणु सर्पबाट मानिसमा सरेको एक अध्ययनले देखाएको छ ।

चीनमा हालै भएको एक अध्ययनले कोरोना भाइरस सर्पबाट मानिसमा सरेको उल्लेख गरेको छ । जर्नल अफ मेडिसिन भाइरोलोजीमा प्रकाशित सो अध्ययनका अनुसार कोरोना भाइरस सिफुड बेच्ने होलसेल बजारबाट सरेको हो ।

कोरोना भाइरसको विस्तृत जीन अध्ययन प्रश्चात अभयचरमा कोरोना भाइरस देखिएको प्रमाणित भएको छ । सो अध्ययनका अनुसार कोरोनो भाइरस मानिसमा सर्नु अघि सर्पमा देखिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म १७ जनाको ज्यान गइसकेको बताइएको छ। कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेको छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ । पाँच सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने कैयौँको ज्यान गइसकेको चिनियाँ अधिकारीहरुको भनाइ छ ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै त्यसको त्रास नेपालमा पनि बढेको छ । नेपाल घुम्न आउने चिनियाँ पर्यटक तथा चीनबाट स्वदेश फर्किने नेपालीहरुसँगै कोरोना भाइरस पनि नेपाल आउन सक्ने भन्दै सरकारले त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाएको जनाएको छ ।

विदेशी पर्यटन तथा स्वदेश फर्किएका नेपालीको स्वास्थ्य जाँचका लागि विमानस्थलमा विशेषज्ञ चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा हेमन्त वझाले बताए ।

‘छिमेकी मुलुकमा कोरोना भाइसरको संक्रमण फैलिएपछि हामीले एकजना विशेषज्ञ सहित ५ जना स्वास्थ्यकर्मीको टोली खटाइसकेका छौं,’ डा वझाले भने, ‘कोरोना भाइरसको संक्रमण देखिएका देशबाट आउने व्यक्तिको चेकजाँच विमानस्थलमै हुन्छ ।’

डेलीमेलबाट

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ५ : १० बजे

विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी

पाल्पा- पाल्पाकाे रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग

पहलगम आक्रमणका योजनाकार मारिए

श्री नगर – पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा

भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुर्खेत– भेरी नदीमा पानीको सतह बढेको छ । भेरी नगरपालिका–१

अमेरिकामा बन्दुकधारीको आक्रमण : एक प्रहरीसहित चार जनाको मृत्यु

न्युयोर्क – अमेरिकाको न्युयोर्कमा रहेको एक गगनचुम्बी महलमा भर्खरै भएको

काठमाडौंको नागपोखरीमा नागकाे पूजा (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी