कोरोना भाइरसको जिवाणु सर्पबाट मानिसमा सरेको पुष्टि « Khabarhub

कोरोना भाइरसको जिवाणु सर्पबाट मानिसमा सरेको पुष्टि


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा फैलिएको कोरोना भाइरसको जिवाणु सर्पबाट मानिसमा सरेको एक अध्ययनले देखाएको छ ।

चीनमा हालै भएको एक अध्ययनले कोरोना भाइरस सर्पबाट मानिसमा सरेको उल्लेख गरेको छ । जर्नल अफ मेडिसिन भाइरोलोजीमा प्रकाशित सो अध्ययनका अनुसार कोरोना भाइरस सिफुड बेच्ने होलसेल बजारबाट सरेको हो ।

कोरोना भाइरसको विस्तृत जीन अध्ययन प्रश्चात अभयचरमा कोरोना भाइरस देखिएको प्रमाणित भएको छ । सो अध्ययनका अनुसार कोरोनो भाइरस मानिसमा सर्नु अघि सर्पमा देखिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म १७ जनाको ज्यान गइसकेको बताइएको छ। कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेको छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ । पाँच सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने कैयौँको ज्यान गइसकेको चिनियाँ अधिकारीहरुको भनाइ छ ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै त्यसको त्रास नेपालमा पनि बढेको छ । नेपाल घुम्न आउने चिनियाँ पर्यटक तथा चीनबाट स्वदेश फर्किने नेपालीहरुसँगै कोरोना भाइरस पनि नेपाल आउन सक्ने भन्दै सरकारले त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाएको जनाएको छ ।

विदेशी पर्यटन तथा स्वदेश फर्किएका नेपालीको स्वास्थ्य जाँचका लागि विमानस्थलमा विशेषज्ञ चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा हेमन्त वझाले बताए ।

‘छिमेकी मुलुकमा कोरोना भाइसरको संक्रमण फैलिएपछि हामीले एकजना विशेषज्ञ सहित ५ जना स्वास्थ्यकर्मीको टोली खटाइसकेका छौं,’ डा वझाले भने, ‘कोरोना भाइरसको संक्रमण देखिएका देशबाट आउने व्यक्तिको चेकजाँच विमानस्थलमै हुन्छ ।’

डेलीमेलबाट

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ५ : १० बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ