राजेश दाइ र मेरो तुलना गर्न मिल्दैन: विराज भट्ट | Khabarhub Khabarhub

राजेश दाइ र मेरो तुलना गर्न मिल्दैन: विराज भट्ट


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विराज भट्टले महानायक राजेश हमालको खुलेर तारिफ गरेका छन् । उनले महानायक राजेश हमालले लामो समय नेपाली फिल्म क्षेत्रमा योगदान पुर्‍याएको भन्दै तारिफ गरेका हुन् ।

कुनै समय चर्चामा रहेका विराज भट्टलाई कतिपय निर्देशकले राजेश हमालको विकल्पमा फिल्ममा लिने गरेका थिए । हमालभन्दा निकै पछि फिल्म उद्योगमा आएका विराजले राजेशलाई ‘महानायक’ भन्दै सम्मान व्यक्त गरे ।

‘राजेश दाइले आफ्नो युग नै खानुभयो, उहाँसँग मेरो तुलना गर्न मिल्दैन, कहिलेकाहीँ उहाँसँग तुलना भएको देख्छु, त्यसलाई सौभाग्य ठान्छु,’ विराजले भने ।

अभिनेता विराज भट्ट । तस्वीर – अर्घेलो थापा

राजेश हमालले आफ्नो युगमा एकछत्र राज गरेको र उनले आफ्नो समयमा अरु कसैलाई अघि आउन नदिएको विराजले बताए ।

‘लामो समय राजेश दाइले फिल्म क्षेत्रमा काम गर्नुभयो, उहाँलाई असफल भन्न मिल्दैन,’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘राजेश हमाल जति कुनै स्टारले नेपालमा चलेर देखाओस् न ! त्यसपछि उहाँलाई असफल भनौ‌ंला ।’

विराजले आफूले स्कूल पढ्दादेखि नै राजेश हमालका फिल्म हेरेर हुर्केको पनि बताए ।

भट्टले निर्देशन गरेको फिल्म ‘साङ्लो’ माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा विराजको लगानी र कथा पनि विराजकै छ ।

फिल्मको प्रचारलाई लिएर यतिबेला विराज मिडिया फ्रेण्डली बनेका छन् । फिल्मका प्रचारात्मक साम्रगीले रिलिजअघि राम्रै चर्चा कमाएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ५ : ४८ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न