राजेश दाइ र मेरो तुलना गर्न मिल्दैन: विराज भट्ट « Khabarhub

राजेश दाइ र मेरो तुलना गर्न मिल्दैन: विराज भट्ट


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विराज भट्टले महानायक राजेश हमालको खुलेर तारिफ गरेका छन् । उनले महानायक राजेश हमालले लामो समय नेपाली फिल्म क्षेत्रमा योगदान पुर्‍याएको भन्दै तारिफ गरेका हुन् ।

कुनै समय चर्चामा रहेका विराज भट्टलाई कतिपय निर्देशकले राजेश हमालको विकल्पमा फिल्ममा लिने गरेका थिए । हमालभन्दा निकै पछि फिल्म उद्योगमा आएका विराजले राजेशलाई ‘महानायक’ भन्दै सम्मान व्यक्त गरे ।

‘राजेश दाइले आफ्नो युग नै खानुभयो, उहाँसँग मेरो तुलना गर्न मिल्दैन, कहिलेकाहीँ उहाँसँग तुलना भएको देख्छु, त्यसलाई सौभाग्य ठान्छु,’ विराजले भने ।

अभिनेता विराज भट्ट । तस्वीर – अर्घेलो थापा

राजेश हमालले आफ्नो युगमा एकछत्र राज गरेको र उनले आफ्नो समयमा अरु कसैलाई अघि आउन नदिएको विराजले बताए ।

‘लामो समय राजेश दाइले फिल्म क्षेत्रमा काम गर्नुभयो, उहाँलाई असफल भन्न मिल्दैन,’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘राजेश हमाल जति कुनै स्टारले नेपालमा चलेर देखाओस् न ! त्यसपछि उहाँलाई असफल भनौ‌ंला ।’

विराजले आफूले स्कूल पढ्दादेखि नै राजेश हमालका फिल्म हेरेर हुर्केको पनि बताए ।

भट्टले निर्देशन गरेको फिल्म ‘साङ्लो’ माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा विराजको लगानी र कथा पनि विराजकै छ ।

फिल्मको प्रचारलाई लिएर यतिबेला विराज मिडिया फ्रेण्डली बनेका छन् । फिल्मका प्रचारात्मक साम्रगीले रिलिजअघि राम्रै चर्चा कमाएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ५ : ४८ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको