दोहोरो अङ्कले घट्यो नेप्से « Khabarhub

दोहोरो अङ्कले घट्यो नेप्से


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।

लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक झण्डै १६ अङ्कले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १५.९५ विन्दुले घटेर एक हजार २९७.४७ मा झरेको छ ।

एक हजार ३०० को विन्दुमाथि पुगेको बजार आजको ओरालो यात्रासँगै एक हजार २०० को विन्दुमा झरेको हो । यस्तै सेन्सेटिभ परिसूचक ३.५९ ले घटेर २७८.७२ मा पुगेको छ । नेप्सेले ओरालो यात्रा तय गरे पनि कारोवार रकम भने सवा अर्ब माथि रहेको छ ।

कूल १७२ कम्पनीको ३७ लाख ५४ हजार ५२१ कित्ता शेयर रु एक अर्ब ३८ करोड ४२ लाख नौ हजार ४१२ मा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर बढेको छ भने १० उपसमूहको शेयर ओरालो लागेको छ । अन्य १.७२ र जीवन बीमा ४०.८८ ले बढ्दा बैंकिङ २१.२३, व्यापार ११.६६, होटल ३२.५६, विकास बैंक १९.२७, जलविद्युत् १५.५२, वित्त ७.२६, निर्जीवन बीमा ६६.६२, उत्पादन १२.५४, लघुवित्त १४.९८ र सामूहिक लगानी कोष ०.०२ ले घटेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १८ करोड ४२ लाख ९८ हजार ८७१ बराबरको कारोवार भयो ।

यस्तै ग्लोबल आइएमइ बैंक रु १५ करोड ५६ लाख ९७ हजार ४३५, नेपाल बैंक रु पाँच करोड ८५ लाख ८१ हजार ४९५, शिखर इन्स्योरेन्स रु पाँच करोड ४९ लाख ५६ हजार ३५५, नेको इन्स्योरेन्स रु चार करोड ६२ लाख ९३ हजार २५४, सूर्या लाइफ इन्स्योरेन्स रु तीन करोड ८५ लाख ९५ हजार ९९२ र गरिमा विकास लघुवित्त वित्तीय संस्थाको रु तीन करोड ८२ लाख ७७ हजार ६८९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार सिनर्जी पावर ९.४७, मिथिला लघुवित्त ४.८०, कञ्चन डेभलपमेन्ट बैंक ४.०७, समृद्धि फाइनान्स ३.९६, नेरुडे लघुवित्त विकास बैंक ३.९१ र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.१३ प्रतिशतले कमाए । त्यस्तै, सिद्धार्थ इक्विटी फण्ड ६.९६, मन्जुश्री फाइनान्स ५.६०, हिमालयन ऊर्जा विकास कम्पनी ५.३५, आशा लघुवित्त वित्तीय संस्था ४.४७, पञ्चकन्या माई हाइड्रोपावर ४.३० र सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.२६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ५ : ४८ बजे

अमेरिकाको दाबी : इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन- अमेरिकाले इरानविरुद्ध सञ्चालन गरेको सिलसिलेवार सैन्य कारबाहीमा ८० भन्दा बढी

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

मान्म– स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको