नेपाल आईसीसी विश्वकप २०२१ को ग्लोबल क्वालिफायरमा « Khabarhub

नेपाल आईसीसी विश्वकप २०२१ को ग्लोबल क्वालिफायरमा


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकप २०२१ को सिधै ग्लोबल क्वालिफायरमा पुगेको छ ।

बिहीबार आईसीसीले सार्वजनिक गरेको विश्वकप २०२१ को प्रक्रियामा नेपालले क्षेत्रीय छनोट खेल्नु पर्ने बाध्यता हटेको छ । भारतमा हुने विश्वकपका लागि नेपालले अब एसिया छनोट खेल्नु पर्ने छैन् ।

आईसीसीको टी–२० बरियताको १२ औं स्थानमा रहेका कारण नेपालले सिधै ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालसँगै जिम्बाबे, युएई र हङकङ पनि पुगेका छन् ।

आईसीसीको वरियताका शीर्ष ८ टोली स्वतः ग्लोबल छनोटमा पुग्नेछन् भने जनवरी १ सम्म बरियताको शीर्ष १२ भित्र अटाउने एसोसियट टोलीले पनि क्षेत्रीय छनोट खेल्नु नपर्ने भएको छ ।

ग्लोबल छनोटबाट उत्कृष्ट चार टिमले विश्वकपमा सहभागिता जनाउन पाउने छन् । ग्लोबल छनोट खेल्ने १६ मध्ये अन्य चार टोलीले क्षेत्रीय प्रतियोगिता खेलेर आउनु पर्नेछ ।

ग्लोबल छनोट २०२१ मार्चदेखि जुलाई सम्म हुनेछ ।  २०२० को अस्ट्रेलियामा हुने विश्वकपमा भने नेपाल ग्लोबर क्वालिफायरबाट आउट भएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ६ : ५३ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ