‘कोरोना भाइरस’ नेपालमा हालसम्म नदेखिए पनि सतर्कता अपनाउन आग्रह « Khabarhub

‘कोरोना भाइरस’ नेपालमा हालसम्म नदेखिए पनि सतर्कता अपनाउन आग्रह


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म ‘कोरोना भाइरस’ नदेखिएको जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ‘कोरोना भाइरस’ देखा परेमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको हो ।

छलफलपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रहेको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।

उनले ‘कारोना भाइरस’ भएको शङ्का लाग्नेबित्तिकै विशेष एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्‍याउने व्यवस्थासमेत गर्न लागिएको बताए ।

उनले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, प्रहरी अस्पताल, पाटन हस्पिटल, टिचिङ हस्पिटल लगायतका अस्पतालहरुमा उपचार गर्न सकिने बताए ।

‘कोरोना भाइरस’ लागेमा रुघा लाग्ने, ज्वरो आउने, कतिपयलाई निमोनिया हुने लगायतका लक्षणहरु देखापर्ने गर्छ ।

चीनबाट शुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ९ : ०९ बजे

हुलाकमार्फत करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा

काठमाडौं– हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर

बाँदर आतंकले दोलखाका किसान हैरान, मकै जोगाउन खोज्दा ज्यान जोखिममा 

दोलखा– जिल्लामा पछिल्ला दिनमा जंगली जनावर बाँदरको आतंक बढेपछि जिल्लाभरका

सरकारी वकिलको कार्यालय लैजाँदा किशोर श्रेष्ठको हातमा हतकडी (तस्बिरहरु)

काठमाडौं- म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि वरिष्ठ पत्रकार किशोर

शेरबहादुरकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुन्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा

हर्मुज पूर्ण रूपमा नखुलेको छैन : इरान

तेहरान– इरानले हर्मुज जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी