काष्ठमण्डपको पुनर्निर्माण गर्न महानगरले दियो ५ करोड « Khabarhub

काष्ठमण्डपको पुनर्निर्माण गर्न महानगरले दियो ५ करोड


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माणका लागि थप पाँच करोड प्रदान गरेको छ ।

आज आयोजित कार्यक्रममा कामपा प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई ५ लाखको चेक हस्तानान्तरण गरे ।

काष्ठमण्डपलाई छिटो, मौलिकस्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न प्रदेशसभा सदस्य राजेश शाक्य नेतृत्वको समिति र कामपाबीच सहमति भएपछि गत वर्ष जेठ २९ गते काम थालनी गर्न कामपाले ५० लाख र त्यसै वर्ष असोज २७ गते थप पाँच करोड उपलब्ध गराइसकेको थियो ।

रकम हस्तान्तरण गर्दै कामपा प्रमुख शाक्यले गोरखा भूकम्पका कारण क्षति भएको र आफ्नो अधिकारक्षेत्र भित्रपर्ने सबै सम्पदाको पुनःनिर्माण आफ्नै कार्यकालमा सकिने बताए । ऐतिहासिक र सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी कामपाको हो भन्दै प्रमुख शाक्यले ३२ वटै वडाका वडाध्यक्षलाई सम्पदाको निर्माणमा जुट्न निर्देशन दिए ।

सो अवसरमा सङ्घीय संसद् सदस्य कृष्णगोपाल श्रेष्ठले महानगरको नेतृत्वमा उदाहरणीय काम भएको टिप्पणी गरे । यसरी उपलब्ध गराइएको रकमबाट हालसम्म पुनःनिर्माणको करिब ५५ प्रतिशत काम समाप्त भएको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।

काष्ठमण्डप पुनःनिर्माण कामपाको महत्वपूर्ण जिम्मेवारी भएको हुँदा महानगरकै नेतृत्वमा गठित निर्देशक समितिसँग नियमित छलफल र अन्तक्रिया गरी प्राप्त रायसुझावका आधारमा पुनःनिर्माण समितिले काम गरिरहेको छ ।

पुनःनिर्माणको नियमित अनुगमन, सुपरीवेक्षण गर्ने र निर्माणको क्रममा तत्काल सुधार गर्नुपर्ने काम गर्न गराउन महानगरका प्रमुखको अध्यक्षतामा उपप्रमुख, सरोकार राख्ने वडाध्यक्षसहितको निर्देशक समितिको व्यवस्था गरिएको छ ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो ।

अघिल्लो कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत् रुपमा यस सम्पदाको पुनःनिर्माण शुरु भएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्यका साथ काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ ।

गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका चार थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।

यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएकाले कामपाले पुनःनिर्माण समितिलाई पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ । चार वर्षभित्र निर्माण सक्ने गरी काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ ।

नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १० : ३३ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै