पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव कायमै, साँझपख हल्का बर्षा हुने « Khabarhub

पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव कायमै, साँझपख हल्का बर्षा हुने


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुलुकभर पश्चिमी न्युन चापिय प्रणालीको असर कायमै रहेकाले आज साँझ पनि पहाडी भू – भागका केही स्थानमा हल्का बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनको पूर्वानुमान गर्दै जारी गरेको विज्ञप्तिमा पश्चिमी न्युन चापिय प्रणालीको असरले देशभर आंशिक बदलीको अवस्था कायमै रहेको जनाएको छ ।

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा आज  चट्याङसहित बर्षाको सम्भावना रहेको तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ |

सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने मध्य, पूर्वी तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार भने पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भेगको मौसम साफा रहने महाशाखाको आंकलन छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : ५७ बजे

गुल्मीमा चट्याङ लागेर ६ जना घाइते

गुल्मी- वर्षासँगै परेको चट्याङ लागेर गुल्मीका विभिन्न स्थानमा छ जना

स्याङ्जाको मालुङ्गामा चितुवा मृत फेला

६ चैत, वालिङ (स्याङ्जा)- स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा मरेको

स्याङ्जाको मालुङ्गामा चितुवा मृत फेला

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा मरेको चितुवा फेला

दुम्कीवास-दाउन्ने खण्डमा तीन रात ठूला मालवाहक सवारी चलाउन रोक

काठमाडौं- नारायणघाट–बुटवल सडक खण्डमा रातिको समयमा ठूला मालवाहक सवारी चलाउन

ग्यास अभावको असरः भारतमा रहेका नेपाली मजदुर फर्किंँदै

सुदूरपश्चिम – भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने