स्याङ्जाको मालुङ्गामा चितुवा मृत फेला « Khabarhub

स्याङ्जाको मालुङ्गामा चितुवा मृत फेला


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

६ चैत, वालिङ (स्याङ्जा)- स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा मरेको चितुवा फेला परेको छ ।

आज दिउँसो बसिन्डाँडामा झण्डै एक वर्ष उमेरको चितुवा मरेको अवस्थामा फेला परेको गल्याङ, कालीगण्डकी सवडिभिजन वन कार्यालय गल्याङका वन अधिकृत सुमन केसीले जानकारी दिए ।

आज भेटिएको चितुवा केही दिनअघि मरेको हुनसक्ने अनुमान वन कार्यालयको छ । मृत भेटिएको चितुवा गन्हाउन सुरु भएकाले केही दिन अघि मरेको हुनसक्ने उनले बताए ।

‘मृत अवस्थामा फेला परेको चितुवाको बाहिरी शरीरमा कुनै पनि प्रकारको घाउ चोटपटक देखिएको छैन’, उनले भने, ‘मानिस अथवा अन्य शिकारीको आक्रमणबाट मरेको नभई अन्य कारणबाटै मरेको देखिएकाले स्थानीय जनप्रतिनिधि, प्रहरी तथा स्थानीयवासीको रोहबरमा मुचुल्का गरेर कार्यालयले चितुवाको शव व्यवस्थापन गरेको छ ।’

मरेको चितुवा देखेपछि स्थानीयले प्रहरी तथा गल्याङस्थित सवडिभिजन वन कार्यालयमा जानकारी गराएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ३ : ०९ बजे

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव

तेहरान- इरानको संसदले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिने जहाजबाट टोल अर्थात्

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा