कुखुरा फार्ममा आगलागी, १० लाखको क्षति « Khabarhub

कुखुरा फार्ममा आगलागी, १० लाखको क्षति


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गरेको फार्ममा शनिबार विद्युत् सर्ट भएर आगलागी हुँदा बेच्ने तयारी अवस्थाका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हुन् ।

‘कमाइ खाने सहारा फार्म थियो’ भण्डारीले भने, ‘जलेपछि निकै ठूलो घाटा व्यहोर्नुपरेको छ, पुनः फार्म सञ्चालन गर्ने पूँजी छैन, परिवारको खर्च केले चलाउने भन्ने पिरलो छ ।’

आगो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा  लिइएको थियो ।

भण्डारीले सात वर्षदेखि कुखुरा व्यवसाय गर्दै आएका थिए । नगरप्रमुख दिलबहादुर ऐर लगायतका जनप्रतिनिधिले फार्मको अनुगमन गरी क्षतिपूर्तिका लागि पहल गर्ने अश्वासन दिएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ९ : २४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका