धुर्मुसको फिल्म ‘सेन्टी भाइरस’ ले २ दिनमै कमायो यति करोड ! « Khabarhub

धुर्मुसको फिल्म ‘सेन्टी भाइरस’ ले २ दिनमै कमायो यति करोड !


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (कुञ्जना घिमिरे) को फिल्म ‘सेन्टी भाइरस’ ले बक्स अफिसमा आक्रामक व्यापार गर्न सफल भएको छ । शिवरात्रिको अवसर पारेर विदाको दिन रिलिज भएको यो फिल्मले पहिलो दिन नै उत्साहजनक व्यापार गरेको थियो ।

रामबाबु गुरुङ निर्देशित यो फिल्मले पहिलो दिन १ करोड १२ लाख ग्रस कलेक्सन गरेको बताइएको छ । निर्माण टिमको दाबीअनुसार फिल्मले शुक्रवारको दिन यति कमाइ गरेको हो ।

शुक्रवार र शनिवार राजधानीका सिङ्गल थिएटरमा दर्शकको चाप थियो । फिल्म हेर्न दर्शक ओइरिएका थिए ।

फिल्मको शनिवारको व्यापार भने अझै बढी छ । विदाको दिन परेकाले पनि फिल्मले शनिवार आक्रामक व्यापार गरेको छ । निर्माण टिमको आँकडा अनुसार फिल्मले दोस्रो दिन १ करोड ३५ लाख कमाइ गरेको छ ।

फिल्मकै लागि भने सीताराम कट्टेल गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालास्थल, चितवनबाट काठमाडौं आएका छन् । शुक्रवार र शनिवारको आक्रामक भिडले धुर्मुस पनि हौसिएका छन् ।

दयाहाङ राई, विल्सन विक्रम राई, कुञ्जना घिमिरे, सीताराम कट्टेल लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म हास्य विधामा निर्माण भएको हो । फिल्मले समीक्षा भने राम्रो पाउन सकेको छैन ।

फिल्मलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन् भने कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ११ : २४ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले