शान्ति सुरक्षाको अवस्था सुदृढ छ : गृहमन्त्री थापा « Khabarhub

शान्ति सुरक्षाको अवस्था सुदृढ छ : गृहमन्त्री थापा


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताएका छन् ।

गृहमन्त्रालयद्वारा आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको बताए ।

मन्त्री थापाले भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको जानकारी दिए ।
उनले भने“ शान्ति सुरक्षालाई सुदृढ बनाउन सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएको छ । ”

गोष्ठीमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल सहभागी छन् ।

गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रण तथा छिमेकी सिमाना समीक्षा गरिने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

गृहमन्त्रालयको सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाको उच्चस्तरीय सुरक्षा अधिकृत, प्रदेशका १३ वटै जिल्लाका प्रजिअहरुको सहभागिता गोष्ठीमा रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ११ : ३५ बजे

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले