८० हजार नजिक पुग्यो सुनको मूल्य | Khabarhub Khabarhub

८० हजार नजिक पुग्यो सुनको मूल्य


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुन चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । बढेसँगै मूल्य ८० हजार नजिक पुगेको छ ।

शुक्रबार ७८ हजार १ सयमा कारोबार भएको छापावाला सुन आइतबार ७ सयले बढेर ७८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १२ : ०० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र