शरीरमा मुसा छ, झुक्किएर पनि नगर्नोस् यस्ता काम | Khabarhub Khabarhub

शरीरमा मुसा छ, झुक्किएर पनि नगर्नोस् यस्ता काम


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  शरीरमा मुसा आउनुले पनि आममानिस समस्या परिरहेका छन् ।

कसैकसैमा त लामो समय देखिको मुसाले हात, खुट्टा नै कुरूप पनि बनाएको हुन्छ । मेडिकल भाषामा “वार्ट” भनिने मुसा अरु केहि नभएर छालामा हुने एक किसिमको भाइरसको संक्रमण मात्र हो ।

शरीरमा आउने मुसाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । कतिपयलाई त मुसाका कारण शरीरका अंगहरु छोप्न पर्ने अवस्था समेत आउने गरेको छ ।

अनुहार, आँखीभौँ, आँखाको परेला, नाकको टुप्पो, हात, खुट्टामा समेत मुसा आइदिन्छ । जसले मानिसलाई कुरूप नै पनि बनाउँछ । यद्यपि, चिकित्सा विज्ञानले यसलाई छालारोग ठान्दछ ।

शरीरमा मुसा आउनुको मुख्य कारण ह्युमन पेपिलोमा नामक भाइरस हो । यस्तो भाइरसले स–साना, खस्रो, कडा खालको दर्दरहित दानाजस्ता मुसा उत्पादन गर्छ ।

केही मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि फैलने गर्छ । मुसा तोरीदेखि अंगुरको दानासम्मको आकारमा हुन्छ ।

यस्तो मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा भने सर्दैन । सामान्यतया शरीरमा देखिने मुसा काला, खैरा, सेता, राता रङका हुन्छन् ।

झुक्किएर पनि नगर्नोस् यस्ता काम

शरीरमा भएको मुसाबाट रगत आएमा, मुसा भएको ठाउँ निरन्तर चिलाएमा र  दुख्यो भने चिकित्सककहाँ जानुपर्छ । यस्तो लक्षणले क्यान्सरसमेत हुन सक्छ ।

१. कतिपयले घरमै वा पार्लर पुगेर मुसा हटाउने गर्छन् । जुन गलत हो ।

२. मुसाले अनावश्यक दुःख दिएको छैन भने त्यसलाई छोइरहनु हुँदैन । यदि मुसा दिनप्रतिदिन बढ्दै गएमा चिकित्सकबाट लेजरको प्रयोग गरी हटाउनुपर्छ ।
स्वस्थ मानिसमा करिव ३० प्रतिशत मुसा ६ महिनामा र ६० प्रतिशत एक वर्षमा आफै हराएर जान्छ । यदि मुसा सानो हुँदै गएमा र रगतका शिराका काला धब्बाहरु देखिएमा यो आफै हराएर जान् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १२ : २६ बजे

दुई दिन स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार बस्दै

काठमाडौं – दुई दिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समिति

बागलुङमा ५३२ जनामा डेङ्गी संक्रमण

बागलुङ– बागलुङमा पछिल्लो समय तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको

आधिकारिकताबिनाका सामान खरिद नगर्न प्रहरीको आग्रह

वीरगञ्ज– पर्सामा विभिन्न व्यापारिक प्रतिष्ठानको बिलबिजक नक्कली बनाएर कारोबार गर्ने

प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ

झापा – जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा चन्द्रपाल नियुक्त

काठमाडौं – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका