नेप्से ६९.५६ अंकले बृद्धि « Khabarhub

नेप्से ६९.५६ अंकले बृद्धि


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक ६९.५६ अंकले बढेर १५०४.१४ अंकमा अडिएको छ ।

यो अंक ३० महिनायताको सबैभन्दा बढी हो। यसदिन कारोबारमा पनि रेकर्ड भएको छ ।आइतबार १ सय ७८ कम्पनीको ८७ लाख ६९ कित्ता सेयर ३ अर्ब ६० करोडमा कारोबार भयो ।

आइतबार सुरुदेखि नै बढेको बजार ४३ अंकले बढेर पुनः घटी १९ अंकमा पुगेको थियो । त्यसपछि पुनः बढ्न थालेको बजार एक बजेर २२ मिनेट जाँदा ७५ अंकसम्म बढेर १५०९.९२ अंकसम्म पुगेको थियो । त्यसपछि पुनः विस्तारै घट्न सुरु गरेको बजार पुनः बढ्न थालेर ६९ अंकले बढेको थियो ।

आइतबार सबै परिसूचकमा हरियाली छाएको छ । बजार धेरैपछि ५ प्रतिशतभन्दा बढीले उक्लिँदा कमजोर देखिएको जलविद्युत कम्पनीहरुले पनि कमाउने मौका पाएका छन्।

यसदिन बैकिङ ८६.०१, ट्रेडिङ ७३.११, होटल्स ११.७७, विकास बैंक ८४.५९, जलविद्युत ३३.७५, फाइनान्स २२.५६, निर्जीवन बीमा १३९.८५, उत्पादनमूलक ३८.६२, लघुवित्त ५४.८९, जीवन बीमा १९२.३६, म्युचुअल फन्ड ०.२८ र अन्य २४.६३ अंकले उकालो लागेको छ ।

आइतबार १० करोड भन्दा बढी कारोबार गर्ने कम्पनीहरुमा एनएमबी बैंक १२ करोड ५६ लाख, नेपाल लाईफ इन्स्योरेन्स ११ करोड ८२ लाख, शिखर इन्स्योरेन्स १० करोड ३७ लाख र हिमालय डिष्टिलरी १० करोड ३४ लाख रुपैयाँ रहेका छन् ।

आइतबार १२ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । त्यस्तै यसदिन सबैभन्दा बढी कमाउनेमा फष्ट माइक्रोफाइनान्स विकास बैंक, एनएमबी बैंक, वदेशी लघुवित्त वित्तिय संस्था रहेका छन् भने बजार बढेको दिन पनि गुमाउनेमा ताारागाउँ रिजेन्सी होटल, बरुण हाइड्रोपावर, पन्चकन्या माई हाइड्रोपावर लगायतका २७ कम्पनीका लगानीकर्ता रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ४ : ०० बजे

जैमिनीमा कृषि संकलन केन्द्र निर्माण

गलकोट – स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले जैमिनी नगरपालिका-३ दमेकमा

गस्तीमा सेनाको हेलिकप्टरले नपुग्दा अन्य कम्पनीको प्रयोग गरिने

काठमाडौं– सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि हेलिकप्टर गस्ती गर्दा सेनाको हेलिकप्टरले

मध्यपूर्व तनावको असर बलिउड–साउथ फिल्म बजारमा : यशको ‘टक्सिक’ जुनसम्म सर्‍यो

काठमाडौं– विश्वव्यापी रिलिजको तयारीमा रहेको दक्षिण भारतीय सुपरस्टार यश अभिनीत

डोल्पाको मतदान केन्द्रमा खटिएका कर्मचारी बिरामी, सेनाद्वारा उद्धार

काठमाडौं– उपल्लो डोल्पाको शे फोक्शुण्डो गाउँपालिका फोतगाउँस्थित दुर्गम मतदान केन्द्रमा

होर्मुजमा इरानको नियन्त्रण दाबी, युद्ध तीव्र

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा इरानले विश्व